१९ फागुन, तानसेन ।
नेपाल मानव अधिकार सगठन लुम्बिनी प्रदेश परिषद बैठक तथा प्राशिक्षण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल मानव अधिकार सगठन केन्द्रीय अध्यक्ष माहामुनिश्वर आचार्यले वर्तमान समयमा विश्वका सबै देशहरुमा मानवअधिकारको बहालीका प्रयासहरु भइरहेका बेला यसलाई एक राजनीतिक सवाल मात्र नभएर शिक्षाको अभिन्न अङ्गका रुपमा लिनुपर्ने बताए ।
नेपाल मानव अधिकार सगठन केन्द्रीय महासचिबले बिजुल बिश्वकर्माले मानव अधिकार मानव जातिसग सम्बन्धित भएको र मानव भन्नाले विश्व समुदायका प्रत्येक सदस्यलाई जनाउने हुदा मानव अधिकारको प्रत्यक्ष सम्बन्ध मानव जातिसग रहेको बतोनु भयो ।
आधुनिक समयमा विश्वभरिका मानिसहरु विभिन्न राष्ट्रका राष्ट्रिय सिमानाभित्र रही सम्बन्धित राष्ट्रको नागरिकको रुपमा रहेकाले विश्वका कुनै पनि राष्ट्रले विश्वभरिका मानिसहरुका लागि मानव अधिकारको सिर्जना गर्न नसकिने बताए ।
लुम्बिनी प्रदेशका संसाद पुरन बज्राचार्यले मानव अधिकारलाई शान्ति र विकासको मूल आधारको रुपमा स्वीकार गरेको सन्दर्भमा उपरोक्त सुझावहरुलाई ग्रहण गर्दै संविधान, कानुन र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप आम नागरिकलाई मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाई मुलुकमा भएको युगान्तकारी परिवर्तनको प्रत्यक्ष अनुभूति दिलाउनु आजको आवश्यकता र समयको माग रहेको बताए ।
लुम्बिनी प्रदेशका संसाद बिर बहादुर रानाले मानव अधिकार आयोगका पदाधिकारी राजनैतिक भागवण्डाको आधारमा नियुक्ति गर्ने संस्कारको अन्त गरी योग्यता र क्षमताको आधारमा गर्ने परिपाटीको विकास गर्नुुपर्ने बताए । नगर प्रमुख अशोक कुमार शाहीले मानव अधिकार विनाको आर्थिक विकास अमानवीय हुने र आर्थिक विकास विना मानव अधिकार असंभव रहेको बताए । शाहीले मानव अधिकारका आधारभूत मूल्य मान्यताको संरक्षण, सम्वर्द्धन गर्दै आर्थिक विकास गर्ने र मुलुकबाट गरीबी, पछौटेपन हटाउन सकिने बताए ।
नेपाल कम्युनिष्ट पाटीका नेता धनेन्द्रराज घिमिरेले जनताहरु आर्थिक, सामजिक हिसावले निकै कमजोर भएकोले उनीहरुले मानव अधिकारका कुराहरुमा चासो दिन सकेमा उनिहरुमा परिवर्त आउने बताए । नेपाली कागे्रका जिल्ला सचिब अजयमान कम्राचार्यले आयोगले पनि आफूलाई प्राप्त अधिकारको निष्पक्षता र निर्भयताको साथ प्रयोग अगाडी बढनुपर्ने बताए । कार्यक्रममा पदाधिकारीहरुलाई सम्मान गरीएको थियो ।
मानव अधिकार सगठन लुम्बिनी प्रदेश परिषद अध्यक्ष शुदर्शन नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन शाखा सचिब मधुकर काप्लेले गनुभएको थियो ।