सुरेश छन्त्याल गलकोट
फाल्गुन २०
लोकतन्त्र र सविधानको रक्षार्थ तरुणदल युवाहरु उठौं,
जागौं सर्वसत्तावादी अधिनायक आकांक्षालाई परास्त जरौं भन्ने नाराका साथ नेपाल तरुणदल गलकोट नगरपालिकाको आयोजनामा नेपाल तरुणदल नगर मेला तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ।
तरुणदल गलकोट नगरका सभापति गोरख भण्डारीको सभापतित्यो नेपाल तरुणदल जिल्ला अध्यक्ष उमान्त शर्मा बाबुको प्रमुख आथितियता तरुणदल जिल्ला सदस्य पवन हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहनु भएकका नेपाल तरुणदल जिल्ला अध्यक्ष बाबुले गलकोटबासी भाग्यमानी नगर हो, नेपाली काँग्रेसबाट नगर, वडाहरु काग्रेसका जनप्रतिनिधि भएको ठाउँ भएको नगर भएको र तरुणदलको सक्रियता भएको देखेपछि आफू निकै खुसि भएको बताउदै युवाहरुको जोस जागर हुदा पार्टीलाइ हाग्न तरुणदलको ठुलो भुमिका रहेको बताउनु भयो। कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षको तर्फबाट गलकोट नगरपालिका ३ का वडा अध्यक्ष विरजङ भण्डारी, योग्य प्रसाद साप्कोटा, शिव कुमारी खत्री, नगर पार्टी सभापति नारायणध्वज मल्ल, देविन्द्र घर्ती, अधिवेशन प्रतिनिधि मन्जु शर्मा चालिसे,प्रदेशका प्रत्यासी उम्मेदवार मन्जेश बम मल्ल, संगठन विभाग बागलुङका प्रमुख फम खत्री, लगाएतले मन्तव्य राखेका थिए। यश अघि ११ वडामा तरुणदल वडा स्तरीय समिति गठन गरेपछि गलकोट नगर स्तरीय नेपाल तरुणदल समिती गठन गरेको छ। जसमा अध्यक्ष गोर्ख भण्डारी, उपाध्यक्ष केशर खत्री, बाबुराम केसी, कोषाअध्यक्ष राम खत्री, सुनिल रोका मगर, सचिव चिराक राना, सह सचिव पदम गौतम, इन्द्रा काउचा मगर गरि २८ सदस्य समिति चयन गरेको छ, भने कार्यक्रमको संचालन जिल्ला सचिव नवीन शेरचनले गर्नु भएको थियो।