फाल्गुन २० गुल्मी ।
गुल्मीमा एक युवतीको शव सोमबार फेला पर्यो । १८ दिनदेखि हराईरहेकी उनको शव घाँस काट्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको सव निकै विभत्स रुपमा भेटिएको थियो ।
सोमबार नै शव उठेपनि माईतीपक्षले आफ्नी छोरीको हत्यानै भएको र हत्यारा पत्ता नलागेसम्म शव नउठाउने अडान लिएपछि सोमबार शव उठ्न सकेन् । मगंलबार घटनासगं सम्बन्धित एकजनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएपछि परिवारले शव उठाउन दिए ।
अहिले उनको शव पोष्ट मार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । माईतीजनले सुरु देखिनै परिवारकै मिलेमतोमा आफ्नी छोरीको हत्या गरिएको दाबी गर्दै आएका थिए । उनीहरुले घर नजिकै शव भेटिँदा घर वरिपरि प्रहरीले शव नखोज्नु र नभेटाउनु सुरक्षा निकायको ठुलो कमजोरी भएको भन्दै प्रहरी समक्ष निकै आक्रोश व्यक्त गरेका थिए ।
आफ्नी छोरी बेपत्ता भएपछि प्रहरीमा खोजि पाउँ भन्दै सुरक्षा खोज्दै आउँदा उल्टै हि,रासतमा लिएर यातना दिएको भन्दै उनीहरुले प्रहरी प्रशासन नालायकी बनेको भन्दै मगंलबार निकै दुख व्यक्त गरे । यो घटना झनपछि झन निकै र हस्यमय बन्दै गएको छ । सासु बुहारी बेपत्ता भएको केही दिनमा झुण्डीएको अवस्थामा फेला पर्नु र बुहारीको निकै विभत्स तरिकाले ह,त्या भएको देखिनुले घटनाको फेहरिस्त सार्वजनिक नहुन्जेल यसै भन्न कठिन छ ।
यसैबीच घटनासगं सम्बन्धित एकजनालाई प्रहरीले सार्वजनिक गर्ने भएको छ । उनको हत्यामा नजिकैको व्यक्तिलाई पक्राउ गरि हिरासतमा लिएको बताईएको छ । उनले किन र कसरी ह,त्या गरे भन्नेबारे सार्वजनिक पछि अवश्य थाहा हुनेछ । रेसुङ्गा नगरपालिका (३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको शव मुचुल्का उठाएर मगंलबार गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
युवतीको श,व सोमबार फेला परे पनि माइती पक्ष घटनास्थल पुग्न ढिला भएपछि मंगलबार दिउँसो मात्रै उठाइएकोे प्रहरीले जनाएको छ । गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको श,व १८ दिनपछि स्थनीयले घाँस काट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए । घरदेखि डेढसय मिटर टाढा बारीको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको हत्या भएको हुनसक्ने भन्दै माइती पक्षले तत्काल दोषी पत्ता लगाउन माग समेत गरेका छन् ।सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।