फाल्गुन २०
कृष्ण अन्जान
गुल्मी ।
गाउँघरमा चोरीका घटना बढेपछि गुल्मीको रुरुक्षेत्र छत्रकोट तथा तानसेन नगरपालिका अर्गली क्षेत्रका बासिन्दा हरु आतँकित मात्र बनेका छैनन रातभरि अनिदै रहेका छन ।
यतिबेला पाल्पा गुल्मीका गाउँ घरमा श्रृखलावद्द चोरीका घटना हरु घटेका छन ।कहिले पाल्पाको अर्गली त कहिले गुल्मीको रिमुवा हुँगा हर्दीनेटा क्षेत्रमा चोरी र डकैतिका घटना हरु घटि रहेका छन ।
तानसेन नगरपालिका छतिवनकि लक्षिमा रेग्मी करिव ३ दिन देखि निदाउन सक्नु भएको छैन ।कहिले कता त कहिले कता चोरी भयो भन्छन ।डरले थरथर कामेर रात कट्छ लक्षिमाले भन्नु भयो ।
प्रहरीका अनुसार अधिकाँश ठाउँहरुका चोरीका घटनाको प्रकृति एउटै रहेको र चोरी गर्ने गिरोह प्रोफेसनल रहेको पाइएको छ ।
रुरु ६ रिमुवाको वडा कार्यालयको रकम र नजिकैका घरहरु लुटिएपछि वडा कार्यालय र घरमा पैसा छ भनेर चोरले कसरी चाल पाए यो खोज र अनुसन्धानको बिषय छ ।
हुँगा हर्दिनेटा लगाएतका ठाउँ हरुमा घटेका चोरीका घटनामा पनि चोर स्थानिय वासिन्दाको नगदमा केन्द्रीत छ यसले के प्रष्ट पार्छ भने चोरि गर्ने गिरोह सँग स्थानीय कुनै ब्यक्तिको कनेक्सन सेटिँग र चोरीको नगदमा कमिसन रहेका अनुमान सोझै लगाउन सकिन्छ ।
त्यसोत बर्तमान राजनैतिक तरलताका बिचमा यो चोरीका घटना हुँदा राजनैतिक सँक्रमणको फाइदा उठाउँदै शुरक्षा व्यवस्था लाई चुनौति समेत थपिएको अनुमान पनि गरिँदैछ ।
यधपी यश क्षेत्रमा प्रहरीको अत्यधिक परिचालन भएको र प्रहरी प्रशासनले गस्ती बढाएको छ । दिनरात गस्ती खोज तलास र अनुसन्धानमा प्रहरीले आफ्नो कृयाशिलता वढाउँदै आम नागरिकमा शान्ति शुरक्षा र अमनचयन कायम गर्ने प्रयास जारी राखेपनि चोरी गर्ने गिरोह समाउन भने अझै सफलता हासिल गर्न सकिएको छैन ।