फाल्गुन २०
चुरामणि तिमिल्सिना
गुल्मी ।
लुम्बिनी माध्यमिक बिध्यालय पाल्पाले घरदैलो , भेट्घाट ,फोन सम्पर्क र सामाजिक सन्जालको प्रयोगलाइ अगाडी बढाएको छ। माध्यमिक तहको शिक्षा सन्चालन गर्न बिद्यालय तिब्र रुपमा लागेको बिध्यालयका प्रधानाध्यापक दिपक गौतमले बताउनु भयो।
प्राय गरेर समाजमा पर्ब उत्सब तथा मेला पर्बमा गरिने खर्चलाइ कटौती गर्दै बिध्यालयलाइ आर्थिक सहयोग स्थानीयले गरिरहेको शिक्षक युबराज पौडेलले बताउनु भयो।
यसै सिलसिलामा यसै बिधालय व्यवस्थापन समितिका पुर्व सदस्य , पाल्पा व्यापार सघका प्रथम उपाध्यक्ष , सामाजिक व्यतित्व, सफल व्यापारि , धार्मिक प्रेमी र बिधालयका पुर्व बिद्यार्थी हाल तानसेन नगरपालिका–४ बिशालबजार निवासि थानेश्वर गैरे र भगवती गैरे ले जन्मदिन र वैवाहिक बर्षगाँठको अवसरमा यस बिधालयमा कक्षा ११ र १२ सन्चालन गर्नको लागि रू१,५५,५५५÷– अक्षरुपी एक लाख पचपन्न हजार पाच सय पचपन्न रुपियाँ आर्थिक चेक बिधालयलाई हस्तान्तरण गर्नु भयो ।चेक ग्रहण गर्दै समितिकाअध्यक्ष पुर्सोतम गैरेले सहयोगदाता थानेश्वर गैरेलाई जन्मदिनको र गैरे दम्पतीलाई वैवाहिक वर्षगाँठ शुभकामना सहित परिवारको सुस्वाथ्य र दिर्घायुको कामना गर्नु भयो ।
गैरेले बिगतका बर्षहरुमापनि आफ्ना घर परिवारका सदस्यको जन्म उत्सबमा विभिन्न ठाउहरुमा यस्तै सहयोग गर्दै आयको बताउनु भयो ।
गैरेले यति मात्र नभइ आफ्नै जन्म घर लुहुङसिबालय मन्दिरको गेट निर्माणमा आर्थिक सहयोग , असाय अपांग दुखि परिवार र अति बिपन्न परिवारलाई निरन्त सहयोग गरिरहेको बताउनु भयो ।
आज यसरि सहयोग गर्न पाउदा आफ्नो परिवारमा खुशी छायको गैरेको भनाइ े छ ।