फाल्गुन २०
सुरेश छन्त्याल
पाण्डबखानी ।
गलकोट नगरपालिका १० पाण्डबखानी बाग्लुङको रमुवामा मोटर बाटो मर्मत संगै स्तरउन्नतीको काम तिव्र गतिमा अगाडि बढिरहेको छ ।
गलकोट नगरपालिकाबाट विनियोजित ४० लाख बराबरको रकमले तारेखोला देखि भाङ्खानी सम्मको मोटर बाटो ढलान, सोलिङ गर्ने साथै मर्मतको काम भैरहेको हुदा चैत १ गते देखि वैशाख ३० गते सम्मका लागि पुर्व रुपमा बाटो बन्द हने पाण्डबखानी रमुवा मोटर बाटो समितिका अध्यक्ष कुमार पुनले जानकारी दिनु भयो।
पाण्डबखानी, रमुवा हुँदै बडिगाड गाउँपालिका ८ खोलाखर्क र भिडिखर्क जाने कुनै पनि सवारीसाधन नचलाउन सबैमा अनुरोध गर्दै यदि महत्त्वपूर्ण काम आवाज जावाज गर्न परेमा चैत मसान्तसम्म गरिदिनु हुन समितिले सबैमा आवान गरेको छ।
यता मल्म पाण्डबखानी मोटरबाटो वर्षाै वर्ष देखि बाटो अष्ट व्यस्त रहेको हुदा जोखिम मोलेर यात्रा गर्नु पर्न बाध्यता रहेको र अझै पनि स्थानीय सरकारको ध्यान नगएपनि बाटो मर्मत हुन सकिरहेको छैन ।
यसरी बाटो मर्मत नहुदा यात्रु तथा गाडी चालकहरुले पटक पटक माग राख्दा समेत कुनै पनि साचो नदेखाएको चालक तथा यात्रुहरुको गुनासो रहेको छ।