६ दिने कफि सम्बन्धी कार्यक्रम गुल्मीको मुसिकोटमा सुरु

फाल्गुन २१

स्थानिय तहमा कार्यरत प्राबिधिक सायक तथा नायब प्राबिधिक सायकहरुका लागी ६ दिने कफि सम्बन्धी कार्यक्रम गुल्मीको मुसिकोटमा सुरु भएको छ ।
स्थानिय तहका कार्यरत प्रा.स तथा ना.प्रा.स हरुको लागी प्रांगारिक कफि खेती बिषयक तालिमको शुक्रबार नगरप्रमुख सोमनाथ सापकोटाले उद्धघाटन गर्नुभएको हो । मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको कफि बिकाश केन्द्र आँपचौर गुल्मीको सभाहलमा सो तालिम शुक्रबारदेखि सुरु भएको छ ।
उद्धघाटन कार्यक्रममा कफि बिकाश केन्द्र आँपचौरका वरिष्ठ बागवानी विकाश अधिकृत बद्रीप्रसाद पौडेलको अध्यक्षता, नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आथित्यता र वडा नम्बर ५ का वडाध्यक्ष भागीरत खरेको बिशेष आथित्यता रहेको थियो । सो तालिमा ५ जिल्लाका स्थानिय तहका कार्यरत कर्मचारीहरुको सहभागीता रहेको छ ।
गुल्मी,पाल्पा,स्याङजा, अर्घाखाँची र प्युठान जिल्लाका स्थानिय तहमा कार्यरत कर्मचारीहरु सहभागी भएका छन । कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले नया विषयमा कफिको बारेमा तालिम सञ्चालन हुने भएकाले ध्यानपूर्वक सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले कफि नेपालबाट बाहिरिने प्रमुख श्रोत भएकाले उत्पादनमा बृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नगरप्रमुख सापकोटाले अहिले पनि ज्ञानको अभावमा किसानहरुमा उत्साह नदेखिएको र कफि खेतीको बिस्तार हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले नीति निर्माणमा सहजीकरण गर्न र आफ्नो स्थानिय तहमा बिस्तार गर्न आग्रह गर्नुभयो । मुसिकोट नगरपालिकाले १०० बोट लगाए बराबर १० हजार अनुदान दिएको समेत बताउनुभयो ।
यस्तै वडा नम्बर ५ का वडाध्यक्ष भागीरत खरेलले गुल्मीमा कफि खेती र यसको बिस्तारको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले अहिले पनि माग अनुसार कफिको उत्पादन गर्न नसकिएको उल्लेख गर्नुभयो ।
नगरप्रमुख सापकोटाले कफिको बिरुवामा पानी राखी सिंचाई गरी कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो । कफि बिकाश केन्द्र आँपचौरकी प्राविधिक सायक कल्पना धमलाको स्वागत मन्त्ब्य रहेको कार्यक्रमको सञ्चालन कफि बिकाश केन्द्र आँपचौरका बागवानी बिकाश अधिकृत पशुपति सिंहले गर्नुभएको थियो । तालिमका ६ दिनसम्म ब्यवहारिक पक्ष सिकाइने र रुरुक्षेत्र गाउँपालिकाको भण्डारी डाडामा रहेको कफि अनुसन्धान केन्द्रमा पनि एक दिने कार्यक्रम गरिने तालिम संयोजक बागवानी बिकाश अधिकृत पशुपति सिंहले जानकारी दिनुभयो ।

You might also like