चुरामणि तिमिल्सिना
फाल्गुन २२
गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सार नजिकै रहेको भेमरि पोखरा आस पासका क्षेत्रमा केही दिन यता देखि बाघले आतंक नै मच्याएको छ । एक दिनको समय अन्तरमा बाघले २ गार्इ खायको स्थानिय सन्बिर नेपालीले जानकारी दिनु भयो । रुरु ४ का कमल राइको बिहिवार राति १ गार्इ र गएराति लक्ष्मी राइको दुई गार्इ बाघले गोठमा नै खायको राइले जानकारि दिनु भयो ।एक्लो बस्ति भएको हुनाले बाघले आतंक मच्यायको स्थानियको भनाइ छ । अब बहर लाग्ला र व्याउला अनि दुध बाट आम्दानी गराउला भनेर योजना बनाउनु भएकि लक्ष्मीको गाइ बाघले खाएपछी आफु रना परेको बताउनु भयो । यसरि बाधेर राखेका पशुहरु दिनौजसो बाघको आहारा बनेपछी आफुहरुपनि डिया पाल्न नसक्ने सन्त बिरको भनाइ छ ।