२२ फागुन ।
रेसुंगा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको छ ।
पछिल्लो समयमा बिमानस्थलको टर्मिनल भवन र धावन मार्गको कामले तिब्रता पाएको विमानस्थल निर्माणका प्राबिधिक दिनेश परियारले जानकारी दिए ।
टर्मिनल भवन निर्माणको जिम्मा पाएको बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई २०७८ असोज अन्तिममा भबन निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ । तोकीएकै समय अबधिमा निर्माण सम्पन्न गर्ने निर्माण ब्यबसायी हरिकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले गरिरहेको छ । उसले अहिले धावन मार्गको सब बेशको कार्य गरिरहेको छ । रौताहा हरि हरि जेभीले गत कात्तिकमा निर्माण सम्पन्न गर्ने गरि ७ करोड ५ लाख रुपियाँमा सम्झौता भएको थियो । समयमा काम सम्पन्न नभएका कारण जेठ सम्मका लागि म्याद थप भएको छ ।
यस्तै बिमान स्थलको घेरावारको काम सम्पन्न भइसकेको छ । कुल ९१ लाखमा घेरावारको काम मौषम हरिष निर्माण सेवा डोल्पाले सम्पन्न गरेको हो ।
२०६३ साल असार २५ गते तत्कालीन नागरिक उड्यन तथा संस्कृति मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेका थिए । २०६३ सालमा विमानस्थलको शिलान्यास भएपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो ।