२२ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समुहका गुल्मी जिल्ला पार्टी अध्यक्ष सोमनाथ सापकोटाले प्रधानमन्त्री केपि शर्मा ओलिले सासद विघटन गरेर देश जनता र कम्युनिस्ट आन्दोलनलाइ मात्र खाडल खनेन स्वयम केपिले पनि आफ्नो खाडल पनि आफै खनेको बताएका छ्न ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मीको मुसिकोट नगर कमिटिले आयोजना गरेको नगर स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले यस्तो बताएका हुन ।
नेकपाले नै जितेर पठाएका प्रधानमन्त्री ओलिले पुष ५ गते जसरी संविधान मै नभएको अधिकार दुरुपयोग गरि उहाले संविधान सभा विघटन गर्नु भयो त्यसले संविधान सभालाई खाडलमा हाल्ने काम गर्यो । त्यसबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि खाडल हाल्ने काम भयो , देश र जनतालाई पनि खाडलमा हाल्नु भयो नेता सापकोटाले भने यसर्थ पुस ५ गतेको दिनलाई हामिले कालो दिन मानेका छौ ।,
मुसिकोट नगरपालिकाका मेयर समेत रहेका सापकोटाले केही दिन अघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने झै प्रधानमन्त्रीले राजिनामा दिएको भए पार्टी एकता पनि बच्न सक्ने थियो भने । उनले भने सर्बोच्चले सासद विघटन बदर गरे पछि प्रदीप ज्ञवालिले अब हामीले राजिनामा दिनु पर्छ भन्नू भएको थियो । उहाँले भने अनुसार गरेको भए पार्टी एकता पनि वचन सक्ने थियो ।
उनले नेकपाबाट बिजयी दुइचार जना जनप्रतिनिधिहरु ओलि समुहमा जादैमा नेकपा मुसिकोट नगर कमिटीलाई फरक नपर्ने दावी गरे ।
त्यस्तै सो पार्टीका प्रदेश कमिटी सदस्य युवराज केसिले पुर्व एमालेहरुलाइ केपि ओलिले एकातिर भ्रम छरेर प्रचन्ड माधव नेपाल को पार्टी माओबादिको हो भने अनि आफुले बादलहरुलाई लगेर पनि नपुगेर अब बिप्लवहरुलाइ समेत आफ्नो समुहमा लैजान थालेको बताए ।
अब केपि ओलिको बेइमानी र झुटको खेती धेरै दिन नटिक्ने भन्दै
कार्यकर्ता हरुलाई ढुक्क भएर प्रचन्ड नेपालले नेतृत्व गरेको सस्थापन नेकपा लाग्न आग्रह गरे ।
कार्यक्रममा अर्का प्रदेश कमिटी सदस्य गणेश बिश्वकर्मा, जिल्ला पार्टी कार्यालय सदस्री हिरा एसि,गणेश श्रीपाली , अखिल महिला संघकि जिल्ला सदस्य सीता भुसाल, नेपाल दलित मुक्ती सङ्गठनको तर्फबाट नेकपा जिल्ल्ला पार्टी सदस्य गोविन्द बिक,
,युवा सङ्ग नेपाल गुल्मीका अध्यक्ष श्रीराम महत लगायतका बक्ताहरुले केपि ओलिले सेटिङ्ग गरेको छु भन्दै कार्यकर्तालाई भ्रम छरेर केही दिन भुलाए तर अहिले हिस्सा पारी दिएको भन्दै आलोचना गरेका थिए ।
नेकपा मुसिकोट नगरकमिटी अध्यक्ष खुमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायण सापकोटा स्वागत मन्तब्य र सचिव अग्निधर लोहनीको सन्चालन रहेको थियो ।
,