०७७ फागुन २२ राजकुत।
नेपाल तरुण दल निसीखोला गाउँपालिका ७ राजकुतको अध्यक्षमा तिलक कुँवरलाई चयन गरिएको छ।कुँवरको अध्यक्षतामा १३ जनाको कार्यसमिति गठन गरिएको नेपाली कांग्रेस निसिखोला ७ अध्यक्ष दिपक कुँवर दिपुले जानकारी दिनुभएको छ।
नेपाली कांग्रेस भातृय संगठन को रुपमा रहेको नेपाल तरुण दलले हाल नेपालको ७५३ ओटै स्थानिय तहका प्रत्येक वडामा तरुण दलको बिस्तार गर्दै आएको छ।
नेपाली कांग्रेस बागलुङ जिल्ला सदस्य प्रकाश कुँवर,नेपाल तरुण दल बागलुङ जिल्ला सदस्य हेमराज सापकोटा र नेपाली कांग्रेस निसीखोला ७ राजकुत सभापति दिपक कुँवर दिपु को उपस्थितीमा तरुण दल गठन गरिएको हो।