सुरेश छन्त्याल
२३ फागुन,गलकोट
गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ चौकिमा आज सचालन भएको कोरोना भाईरस कोभिड १९ विरुद्धको पहिलो चरणको खोप ६५ वर्षिय माथिकाहरुलाइ खोप लगाएको छ।
पाण्डबखानीका ७१ वर्षिय चनमति घर्तिले पहिलो खोप लगाएर उट्घाटन गर्नु भएको थियो। यसरी आफ्नै घर दैलोमा कोभिडको खोप लगाउन पाउँदा निकै खुसि देखिका थिए , हरिचौर, हटिया जादा निकै कष्ट संगै यातायातको समस्या हुन्थो आज पाण्डबखानीमै खोप लगाउन पाउँदा हामी भाग्य मानिय थानेका छौ पुर्व गाविस अध्यक्ष याम काउचाले यस्तो भन्दै नेपाल सरकार, स्वास्थकर्मि लाइ धन्यवाद समेत दिएका छन्, ६९ महिला ८२ पुरुष गरि १५१ जनाले सेवा पाएको र आफुहरुले आकलन गरेको भन्दा बढी सहभागी भएको स्वस्थ्य चौकिकि प्रमुख रत्नामाया सुनारले जानकारी दिनुभयो।
आज खोप पाएका हरुले जेठ ९ गते दोस्रो चरणको खोप गलाउन नछुट्न आग्रह गरेको अनमि झरना सुनारले जानकारी दिनु भयो