, २४ फागुन
गुल्मी ।
कोरोना विरुद्धको दोस्रो चरणका खोप अभियान अन्र्तगत गुल्मीको मालिका गाउँपालिकाका १३ सय २० जेष्ठ नागरीकले खोप लगाएका छन् ।
फागुन २३ र २४ गते गरी दुई दिन सम्म चलेको खोप अभियानमा मालिका गाउँपालिकाका ६५ वर्ष भन्दा माथिका १३ सय २० जेष्ठ नागरीकले खोप लगाएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए । ६ सय ५४ महिला र ६ सय ६६ जना पुरुषले दोस्रो चरणको खोप लगाएका हुन ।
गाउँपालिकाका आठै वटा वडाका स्वास्थ्य चौकीमा खोप केन्द्र सञ्चालन गरिएको थियो । भने अपांग तथा अशक्त वृद्धावृद्धको लागी निः शुल्क यातयातको व्यवस्था समेत गरिएको गाउँपालिकाले जनाएको छ ।
खोप लगाउनको लागी त्यस क्षेत्रका वृद्धावृद्धको उसाहजनक सहभागिता रहेको थियो ।
मालिका गाउँपालिकालाई १३ सय ६० डोज खोप प्राप्त भएको थियो । बाकी रहेको ४० डोज खोप भोली बाकी रहेका वृद्धावृद्धलाई लगाईने गाउँपालिकाले जनाएको छ ।