चुरामणि तिमिल्सिना पाल्पा ,फागुन २४
पाल्पाको रिब्दिकोट गाउँपालिका वडा न १ ख्याहामा फागुन १० गते देखि सुरु भएको राष्ट्रिय परिचय पत्र बनाउनको लागि आबेदन दिनेको संख्या आज सम्म ८८३ जना भएका छन ।
आइतबार सम्म वडा न १ को वडा कार्यालयमा सिबिर बसेको र आज देखि साबिकको वडा न २ र ३ जोगिथुममा सेवा सुरु गरिएको वडा न १ का वडा अध्यक्ष बिष्णु प्रसाद गैरेले जानकारि दिनु भयो ।
जोगिथुम क्षेत्र दुरिको हिसाबले टाढा भएकोले गाउँबासिको मागलाई पुरा गर्न आफुहरुले सिबिर टोलि सङग आग्रह गरेर सिबिर त्यहाँसम्म लगेको अध्यक्ष गैरेले बताउनु भयो ।
यता सिबिरका प्रमुख वडा सचिब शिब चालिसेले ख्याहा बासिहरु परिचयपत्र निर्माणका लागि आबेदन दिन उत्साहका साथ आउने गरेको बताउनु भयो । यो सिबिर २५ गते सम्म चल्ने भएको छ