गुल्मी ,फागुन २५
गुल्मी । सर्वोच्च अदालतले आइतवार नेकपा खारेज गर्दै पूर्व एमाले र माओबादी केन्द्रलाई जीवित बनाइदिएपछि ओली पक्षका नेता कार्यकर्ताहरुले नेकपा पार्टी कार्यालयलाई नेकपा एमालेको कार्यालयमा परिणत गरिरहेका छन् ।
गुल्मी जिल्लामा पनि ओलीपक्षका नेता कार्यकर्ताले नेकपा लेखेको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका छन् ।
तम्घास खानेगाउँमा रहेको मदन–आश्रित स्मृती भवनमा तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको साइनबोर्ड फेरेर एमालेको बोर्ड राखिएको हो ।
२०७५ जेठ ३ गते तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेवीच पार्टी एकिकरणलाई सर्वोच्च अदालतले यही फाल्गुन २३ गते बदर गरेको हो । सर्वोच्चको फैसलासँगै नेकपा एमाले र माओबादी ब्यूँतिएका छन् ।
बोर्ड परिवर्तन कार्यक्रममा एमाले अध्यक्ष मधुकष्ण पन्त, नेता बालसिंह काउछा, एमाले नेता धर्म विश्वकर्मा, युवा संघ जिल्ला नेता ईश्वर वि।क। लगायत नेता कार्यकर्ता उपस्थित हुनुभएको थियो ।।