२६ फागुन, गुल्मी।
रुरुक्षेत्र गाउँपालीकाको वडा न ३ थानपतिले स्थानिय देउराली कोट क्षेत्रको बन्जर जमिनलाइ खनखोरस गरि टिमुरको व्यवसायिक खेति शुरु गरेको छ ।
तानसेन रिडी तम्घास मोटरबाटोको ठुलढुँगा क्षेत्रभन्दा माथिको ३० रोपनी सार्वजनिक जग्गालाइ उपयोग गर्दै २०७५ सालमा ५ सय बोट टिमुर लगाइए सँगै यो क्षेत्रकै नाम टिमुरे डाँडा राखिएको रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारि दिनु भयो ।
तीन बर्ष अघि सल्यानबाट वडासदस्य तिलक ज्ञवालीको पहलमा ल्याइएका टिमुरका बिरुवा हर्लक्कै बढेका मात्र छैनन अबको २ वर्षमा फल्न शुरु समेत हुने देखिएका छन ।
थोर्गा गाउँकै उच्च भुभाग सँगै चिसो क्षेत्र भएकाले पनि टिमुरका उत्पादनका लागि देउराली क्षेत्र उपयुक्त रहेको पाइएको छ ।
वडा कार्यालयको ७५ हजारको लागतमा टिमुरका बिरुवा ल्याएर यो क्षेत्रमा रोपिएको हो ।
फागुन महिना लागेपछि यो क्षेत्रमा लागाइएका टिमुरका बिरुवा हरुमा नया पालुवा लागेका छन भने कुनै बोटहरु फुलेका पनि छन ।
सार्वजनिक जग्गालाइ उगपयोग गरि लगाइएका टिमुरले उत्पादन दिन थालेपछि त्यसको आयस्ता स्थानिय बिकास निर्माणमा खर्च गरिने वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिनु भयो ।
स्थानीय तहले गरेका कामहरूमा समुदायको सहभागिता आवस्यक हुन्छ तर सबैकाम वडाले गरिदिए हुन्थ्यो भन्ने मानसिकता समुदायमा रहेको र यसरी सार्वजनिक जग्गामा लगाइएका टिमुरका बोटहरुको सँरक्षणमा स्थानिय समुदायको भुमिका आवस्यक हुने अध्यक्ष पौडेलको भनाइ छ
मासिक रुपमा सामान्य पारिस्रमिक को व्यवस्था वडाले हेरालो व्यवस्था गरेको छ तर यसरी सार्वजनिक ठाउँमा लगाइएका टिमुरका बोटहरु व्यक्तिले उँखेलेर लगेको पाइएको ले सँरक्षणमा समुदायको सजगता आवस्यक भएको रुरुबाट कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।