२६ फागुन, गुल्मी।
धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सिर्जनसिल सामुदायिक बिकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा न ०१ नयागाउमा गठित साहसी महिला उद्यम समुह द्वारा प्रती सदस्य ५० का दरले २० जना सदस्यहरुले १००० जम्मा गरि ८१० को शैक्षिक सामाग्री खरिद बाकी समुहको बचतमा राख्नु भएको छ नबज्योति नि मा बि मा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थी सिखर सिंजाली र नयाँगाउँ मा बि मा अध्यनरत सिर्जना थापा लाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री ९÷९ वटा कापी र कलम १÷१ प्याकेट उपहार प्रदान गर्नुभएको छ।
भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा हेफर आधारशिला तालिम आज नै सम्प्न्न भएपछी समुहका सबै सदस्यले उपहार प्रदान गर्ने सामुहिक प्रतिबद्धता गरेबमोजिम गरिब तथा जेहेन्दार बिद्यार्थीलाई हौसला र थप उर्जा प्रदान गर्न बास्तबिक आबस्यकताको पहिचान गरि उपहार गरिएको समुहका सम्पुर्ण सदस्यहरुले बताउनु भएको छ ।
साहसि महिला उद्यम समुह की अध्यक्ष राधा पोखरेलको अध्यक्षता स्वागत मन्तव्य कमला के सि बाट सुरु भएको कार्यक्रमा बाख्रा उद्यम परियोजनाका प्राबिधिक नारायण जिसि परियोजनाका सहजकर्ता बिष्णु कुवर ग्रामीण पसुस्वास्थ कार्यकर्ता बाबुराम पोख्रेल को प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन समूह कि सचिब इन्दिरा दर्लामिले गर्नु भएको परियोजनाका सहजकर्ता बिष्णु कुवर ले जानकारी दिनु भएको छ ।