फाल्गुन २७
गुल्मी ।
गुल्मीका शिवालय मन्दिरमा मनाइयो महाशिवरात्रि पर्व, पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा पर्नेे महाशिवरात्रि पर्व विधिपूर्वक पूजा–आराधना गरी गुल्मीका विभिन्न शिवालय मन्दिरमा मनाइएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु बिहिबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरेका छन ।