फाल्गुण २८ गते
जनता समाजवादी पार्टी (जसपा) ले नयाँ बन्ने सरकारमा प्रधानमन्त्रीको दाबी गर्ने भएको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दाबीसहित अरु दलसँग प्रस्ताव गर्ने नेता राजकिशोर यादवले जानकारी दिए।
बैठकमा संसदीय दलको विधान निर्माणका विषयमा छलफल भएको छ। संसदीय दलको नेता चयन गर्ने भनिएपनि विधान निर्माण भइनसकेकोले नेता चयन नभएको बताइएको छ।
प्रतिगमनकारी, लोकतन्त्र र संघीयता विरोधी शक्तिसँग कुनै किसिमको सहयात्रा हुन नसक्ने भन्दै उनले ओली कदमविरुद्ध सडक संघर्षमा उत्रिएकाहरु एकैठाउँमा आउनसक्ने बताए। सरकारसँग अहिले कार्यदल बनाएर भइरहेको छलफल रेशम चौधरीको रिहाइका लागि मात्रै भएको उनको दाबी छ।
नेपाली कांग्रेससँग सत्ता समीकरणका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक केहीबेर बसेर सकिएको थियो।