फाल्गुण २८ गते
नेपालमा थप ४८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५१२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ ।जसमा महिलाको संख्या ९६ हजार ५५० र पुरुषको संख्या १ लाख ७८ हजार ५६८ जना रहेको छ ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६१ जना निको भएर घर फर्किएका छन् ।डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार १७७ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय २९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५१ रहेको छ । यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।