फाल्गुण २८ गते
पूर्व उप–सभापति थापाको निधनप्रति काँग्रेस गुल्मीद्वारा शोक व्यक्त, थापाले पुर्याउनुभएको भूमिका अतुलनीय भएको स्मरण
नेपाली काँग्रेस गुल्मीका पूर्व उप–सभापति लक्ष्मणसिंह थापाको निधनप्रति नेपाली काँग्रेस गुल्मीले शोक व्यक्त गरेको छ ।
नेपाली काँग्रेस गुल्मीका पूर्व उप–सभापति, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, वी.पी. बिचार समाजका वर्तमान अध्यक्ष तथा नेपाल शिक्षक संघ गुल्मीका संस्थापक जिल्ला अध्यक्ष लक्ष्मणसिंह थापाको यहि फागुन २६ गतेका दिन ७२ वर्षको उमेरमा निधन भएको हो ।
उहाँको निधनले नेपाली काँग्रेस, गुल्मी, भातृ तथा सुभेच्छुक संस्था अत्यन्तै मर्माहत भएको भन्दै कांग्रेस गल्मीले शोक व्यक्तगरेको हो ।
नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा विज्ञप्तिमा उहाँको निधनप्रति शोक व्यक्त गर्दै दिवङ्गत लक्ष्मणसिंह थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
साथै शोक संतप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरिएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सम्पूर्ण थापा परिवार र स्वर्गीय थापाले पुर्याउनुभएको भूमिका अतुलनीय भएको स्मरण समेत गरिएको छ ।
सरल र सादा जीवनशैली अपनाउनुभएका थापा देश, जनता र प्रजातन्त्रका लागि एक ईमान्दार र निष्ठावान सिपाही भएको शोक विज्ञप्तिमा बताईएको छ ।
कहिल्यै कुनै पदप्राप्तिको लालसा प्रकट नगर्ने निश्वार्थीपन नै वहाँको मुख्य विशेषता रहेको सभापति श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
नेपाली काँग्रेस गुल्मी र सुभेच्छुक संस्था नेपाल शिक्षक संघको संगठन विस्तार अभियानमा थापाले निभाउनुभएको भूमिका सम्मानजनक रहेको उल्लेख गरिएको छ ।
राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना र पञ्चायती व्यवस्थाको समाप्तीपछि बहुदलीय व्यवस्थाको पुर्नस्थापनामा शाहदत प्राप्त गर्ने महान शहिद परिवारको सदस्य हुनुको श्रेय उक्त परिवारलाई जाने नेपाली कांग्रेस गुल्मीका सभापति श्रेष्ठले बताउनुभयो ।
कठोर संघर्षमय जीवन अंगाल्नुभएका थापाको योगदानको नेपाली कांग्रेस गुल्मी सदा संस्मरण गरिरहने जनाईएको छ ।
उहाँको निधनप्रति काँग्रेसले पार्टिको तीन दिनसम्म आधा झण्डा झुकाउने काँग्रेस गुल्मीले जनाएको छ । भने उपर्युक्त समयमा उहाँको निधनप्रति शोक सभा गरिने छ ।
उहाँको निधनमा पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियोे ।