सुरेश छन्त्यालर फागुन २९
गलकोट नगरपालिका स्तरीय अपांग संजालको बैठक सम्पन्न भएको छ। सम्पुर्ण अपांगता भएका व्याक्तिहरुको प्रतिनिधित्वमा स्थापना भएको अपांगता भएका व्यक्तिहरुको नगरपालिका स्तरीय संजालले
नयाँ समिति पाएको छ। संजालका अध्यक्ष शिशिर बम मल्लको सभापतित्यो नगर कार्यपालिका सदस्य गनेश शेरचनको प्रमुख आतिथियता वडा नम्बर ९ का वडा स्तरीय अपांग संजालका सचिव आविस्कार खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संजालका अध्यक्ष शिशिर बम मल्लद्धारा आर्थिक आयव्याय प्रस्तुत, आवश्यकता अनुसार सामाग्री वितरण, गरिएको थियो। त्यस्तै सर्व समत शिशिर बम मल्ल अध्यक्ष रहेने गरि उपाध्यक्षमा गुंज खत्री, खिम लाल सुवेदी, सचिव सुरेश छन्त्याल, सह सचिव आत्माराम मरासिनी, कोषाअध्यक्ष सुनिता विसि, आविष्कार खरेल सहित १५ कार्य समिति चयन भएको छ। कार्यक्रममा अपांगता भएका व्यक्तिहरुलाइ समाजले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै अब छिट्टै वडा वडामा पुगि अपांग परिचयपत्र वितरण गर्ने तयारी रहेको नव निर्वाचित सचिव सुरेश छन्त्यालले जानकारी दिनु भयो। त्यस्तै अपांग संजालले गर्ने रहेक कार्यक्रममा नगरले साथ दिदै आईरहेको र संजालकमा रहेको सुखदुःखमा साथ दिने अपांग समन्वय गलकोटका संयोजक समेत रहनु भएकि गलकोट नगरपालिकाकि उप प्रमुख रेनुका काउचाले बताउनु भयो।कार्यक्रममा ११ वडाकै प्रतिनिधिहरुको सहभागी रहेको कार्यक्रमको संचालन सचिव गुंज खत्रीले गर्नु भएको छ।