अनिल खत्री
२९ फागुन, गुल्मी । नेकपा एमाले गुल्मीले पालिका स्तरमा संगठनका कार्यक्रमलाई तिब्रता दिएको छ । पार्टीले पहिलो पटक जिल्लाको धुर्कोट गाउँपालिकाको पालिका स्तरिय भेला सम्पन्न भएको छ ।
भेलाले लोक बहादुर केसीको संयोजक संयोजकत्वमा १ सय ५१ सदस्यीय गाउकमीटी गठन गरेको छ । जसको सह–संयोजकमा रामकुमार बिष्ट सचिवमा रूमाकान्त खनाल रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले गुल्मीका नेता बालसिंह काउछा, एमाले नेता राजेन्द्र अर्याल, कृष्ण सुनार, धर्म विश्वकर्मा, हरि पोखरेल, शाकिर मिया,युवा संघ गुल्मीका अध्यक्ष मोहनप्रसाद पाण्डे, अनेरास्वबियूका केन्द्रिय सदस्य काशिराम पाण्डे लगायतको सहभागिता रहेको थियो । कार्यधुर्कोट गाउँपालिका इन्चार्ज कृष्ण घिमिरले सहजिकरण गरेका थिए ।
एमाले गुल्मी पार्टीका गतिबिधी पालिका र गाउँ तहसम्म पुर्याउन बिभिन्न कार्यक्रमहरु सहित संगठनका कार्यक्रमलाई तिब्रता दिने जनाएको छ ।