चैत १
नोबेल कोरोना भाइरसविरुद्धको खोप लगाउनेसांसदको सङ्ख्या २ सय ६५ पुगेको छ ।
प्रतिनिधिसभाको गत फागुन २३ गतेको बैठकका लागि सांसदलाई खोप लगाउने कार्यक्रम १९, २० र २१ गते तोकिएको थियो । त्यसबेलामा छुटेका सांसदहरूलाई आज लगाइएको हो ।
आज १० जना सांसदले खोप लगाएसँगै राष्ट्रिय र प्रतिनिधिसभामा कोरोना खोप लगाउने सांसदको सङ्ख्या २ सय ६५ पुगेको सभामुख अग्नि सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
आज संसद सचिवालयका १ सय ३१ कर्मचारीले पनि खोप लगाएका छन् । योसँगै कोरोना खोप लगाउने कर्मचारी लगायत अन्य व्यक्तिको सङ्ख्या ११ सय १५ पुगेको छ ।
सांसद र कर्मचारी गरी खोप लगाउनेको जम्मा सङ्ख्या भने १३ सय ८० पुगेको संसद सचिवालयले जनाएको छ ।