अनिल खत्री
२ चैत, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्रमा आयुर्वेद सेवा केन्द्र बिस्तार गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले जिल्लाको सदरमुकाम तम्घासमा सेवा केन्द्र बिस्तार गरिएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–९ मा रहेको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको सेवालाई बिस्तार गर्न तम्घासको लाकुरी मञ्चमा बिस्तार गरिएको हो । आयुर्वेद सेवा केन्द्रको सुभारम्भ गर्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले सेवाग्रहीको पचहुभन्दा टाढा कार्यालय रहेकाले बजारक्षेत्रमा सेवा केन्द्र बिस्तार गरिएको बताए ।
तम्घास बजार क्षेत्रमा आउने सेवाग्रही उपल्लो तम्घासम रहेको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रमा कमै जाने भएकाले त्यसको सेवा बिस्तार स्वरुप बजार क्षेत्रमा सेवा केन्द्र स्थापना गरिएको नगरप्रमुख डिल्लीराज भुसालले बताए । उनले आयुर्वेदिक निशुल्क औषधी तथा जाँच गरिने भएकाले तम्घास बजार क्षेत्रमा रहेको सेवा केन्द्रबाट सेवा लिन आग्रह गरे ।
सेवा केन्द्रबाट बजार क्षेत्रमा आउने बिरामीहरुलाई निशुल्क जाँच तथा निशुल्क औषधी बितरण गरिने गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र डाक्टर अर्चना सुक्लाले बताइन् । उनले यस सेवा केन्द्रमा औषधी तथा शाखालाई अगाडी बढाउन स्थानीय सरकारको सहयोग बढाउनु पर्नेमा जोड दिइन् ।
उनले सेवा केन्द्रमा डक्टरबाट सेवा दिने भएकाले सेवामा तत्परता कायमै राख्ने बताइन्् । कार्यक्रममा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारी, जिल्ला समन्वय अधिकारी बिजयकुमार कार्की लगायत बिभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।