राधा पोख्रेल,
चैत २- गुल्मीको मालीका गाउपालीकालाई बाल बिबाह मुक्त गाउपालीका घोषणा गर्नका लागि चेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ ।सबै वडामा सन्चालन हुने गरि आज कार्यक्रमको उद्धघाटन गरिएको हो । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु रोहित कार्की ,संगम भण्डारी लगायतका कलाकारहरुको उपस्थितिमा सडक नाटक प्रस्तुत गरिएको छ । वडा नम्बर २ दर्लिङ्गबाट कार्यक्रमको सुरु गरिएको हो । मालीका समाज कल्याण परिषदका अध्यक्ष तुल्सी अर्यालको अध्यक्षता,गाउपालीका अध्यक्ष रित बहादुर थापाको प्रमुख आथित्यता,गाउपालीका उपाध्यक्ष देवा अर्यालको बिशिष्ट आथित्यता, साथै ९ वटै वडाका वडाध्यक्षहरुको आथित्यता रहेको थियो ।आज उद्धघाटन सत्रको सन्चालन गाउपालीका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरिले गर्नुभएको थियो ।
आजबाट सुरु भएको सडक नाटक कार्यक्रम यहि चैत ५ गतेसम्म मालीकाका सबै वडाका १६ स्थानमा चल्नेछ ।आज च्यानडाडा निमाबि दर्लिङ्ग , नेटा दर्लिङ्ग माबि अर्खवाङ्ग र अमर माबि नेटामा सडक नाटक प्रस्तुत गरिएको छ । यो सचेतनामुलक कार्यक्रम भएकाले गाउपालीका बासी सबैलाई पायक पर्ने स्थानमा उपस्थित हुन गाउपालीकाले अनुरोध गरेको छ ।मालीका गाउपालीकाको आयोजना ,मालीका समाज कल्याण परिषदको व्यवस्थापन र जनआधार मिडिया प्रालिको प्रस्तुतिमा कार्यक्रमको सुरुवात गरिएको हो । ३ वर्षभित्र मालीका गाउपालीकालाई बाल बिवाह मुक्त गाउपालीका घोषणा गर्ने लक्ष्य राखिएको छ । २० वर्ष पछाडि समृद्ध गाउपालीका घोषणाको लागि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने गाउपालीकाले अपेक्षा गरेको गाउपालीका प्रवक्ता शोभाखर गिरिले जानकारी दिनुभयो ।