२ चैत, गुल्मी।
लुम्बिनी प्रदेशका गुल्मीसहित चारवटा जिल्लामा कोरोना संक्रमितको संख्या शून्य
लुम्बिनी प्रदेशका चारवटा जिल्लामा कोरोना भाइरस संक्रमणबाट सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ। गुल्मी, अर्घाखाँची, रोल्पा र रुकुम पूर्व अहिले सुन्य संक्रमित जिल्ला रहेको प्रदेश स्वास्थ्य निर्देशनायले जारी गरेको विवरणमा उल्लेख छ।
गत साउन महिनामा लुम्बिनी प्रदेशमा ठूलो संख्यामा संक्रमितहरु थपिने गरेका थिए।
पछि सरकारले कन्ट्राक्ट ट्रेसिङ गर्न छोडेपछि संक्रमण पुष्टी हुनेको संख्या कमि हुँदै गएको हो। अर्कोतर्फ संक्रमणको प्रभाव पनि न्युन हुँदै गएको छ । मृत्युदरमा पनि निकै कमि आएको छ ।