राधा पोख्रेल
चैत ४, गुल्मी
गुल्मीको मालीका गाउपालीकालाई बाल बिबाह मुक्त गाउपालीका घोषणा गर्नका लागि मंगलबार दोस्रो दिन पनि चेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ ।
मंगलबार ३ वटा वडाका ४ वटा बिद्यालयमा चेतनामुलक सडक नाटक प्रस्तुत गरिएको हो ।वडा नम्बर ३ मा रहेका ह्वाङ्गदी मेहले माबि र देबिस्थान माबि ह्वाङ्गदी,वडा नम्बर ४ मा रहेको अर्खवाङ्ग माबि ठुलीचौर र वडा नम्बर ५ मा रहेको छापाहिले माबि छापमा कार्यक्रम गरिएको छ ।बिद्यालयका शिक्षकहरु,बिद्यार्थिहरु,समाजसेबि ,बुद्धिजिवि,राजनैतिक दल,गाउपालीका उपाध्यक्ष देवा अर्याल, वडाध्यक्षहरुको उपस्थितिमा सडक नाटक प्रस्तुत गरिएको गाउपालीका प्रवक्ता शोभाखर गिरिले जानकारी दिनुभयो ।
सबै वडामा सन्चालन हुने गरि सोमबार कार्यक्रमको उद्धघाटन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु रोहित कार्की ,संगम भण्डारी लगायतका कलाकारहरुको उपस्थितिमा सडक नाटक प्रस्तुत गरिएको छ ।सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम यहि चैत ५ गतेसम्म मालीकाका सबै वडाका १६ स्थानमा चल्नेछ ।यो सचेतनामुलक कार्यक्रम भएकाले गाउपालीका बासी सबैलाई पायक पर्ने स्थानमा उपस्थित हुन गाउपालीकाले अनुरोध गरेको छ ।मालीका गाउपालीकाको आयोजना ,मालीका समाज कल्याण परिषदको व्यवस्थापन र जनआधार मिडिया प्रालिको प्रस्तुतिमा कार्यक्रमको सुरुवात गरिएको हो ।३ वर्षभित्र मालीका गाउपालीकालाई बाल बिवाह मुक्त गाउपालीका घोषणा गर्ने लक्ष्य राखिएको छ ।