गुल्मी ,चैत ५
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा आज देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
रिडि खेल मैदानमा गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले तेस्रो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्ध्घाटन गर्नुभएको छ ।
खेलकुदका एघार इभेन्ट सन्चालन हुने प्रतियोगितामा भलिवल बाहेक अन्य खेलमा छात्र छात्राको प्रतिष्पर्धा हुनेछ।
गाउँपालिका भित्रका आठवटा माध्यमिक विध्यालयलाइ अनिवार्य रुपमा सहभागिता गराइएको र अन्य विध्यालयले ऐच्छिक रुपमा प्रतियोगितामा सहभागिता जनाएका छन ।
उद्धघाटन सत्रमा पालिकाका सामाजिक बिकास समितिका सम्योजक तथा वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेलको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आथित्यता, प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरि ,उपाध्यक्ष लक्ष्मी देबि पन्थको विशेष आथित्यता रहेको थियो ।
यस्तै अतिथिहरुमा वडा न १ का वडा अध्यक्ष रामलाल बिक , बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरु,पुर्ब गाबिसका उपाध्यक्ष चन्दलाल कसजु , उधोग बाणिज्य संघका अध्यक्ष सुबर्ण लाल कक्षपति ,जन्प्रतिनिधि लक्ष्मी बराल, नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवाली लगायत रहनुभएको थियो ।
वडा न ४ का वडाध्यक्ष फर्सुराम ज्ञवालीकोे स्वागत मन्तव्यसगै सुरु भएको उद्धघाटन सत्रको सन्चालन शिक्षा अधिकृत राम प्रसाद अधिकारीले गर्नु भएको थियो । खेल चैत्र ७ गते सम्म सन्चालन हुने छ ।