तम्घास ,गुल्मी –
गुल्मी सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जारी फोर्टिन् स्टार कप २०७७ को उपाधि महेन्द्र नमुना माध्यमिक बिद्यालयले जितेको छ । आज भएको फाइनल खेलमा महेन्द्र नमुना माध्यमिक बिद्यालय तम्घासले अर्जै माध्यमिक बिधालयलाई १–० ले हराउदै उपाधि हात पारेको हो ।