चैत्र १० , गुल्मी ।
गोकर्ण पाण्डे।गुल्मी धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं ७ वाग्लामा गठित नमुना महिला उद्यम समुह द्वारा आर्थिक अबस्था कमजोर परिवारकि पुतला वि क लाई रू २ हजार बरावरको खाध्य सामाग्री एक कार्यक्रमका विच उपहार प्रदान सम्पन्न गरेकाछन्।
भोकालाई एकछाक भोजन होइन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै उक्त समुहमा केहिदिन पहिला हेफर आधारशिला सम्पन्न भएपछी समुहका सदस्यहरूले सामुहिक प्रतिवद्धता गरेबमोजिम बास्तविक आबस्यकताको पहिचान गरि धुर्कोट गाउँपालिका वडा नं ७ वाग्ला फुलवारी निवासी ३८ वर्षकी पुतला वि क परिवारको खर्च चलाउन निकै गाह्रो भएको ले उहालाई एक कार्यक्रमका विच एक बोरा चामल एक के जि दाल एक के जि नुन एक लिटर तेल उपहार प्रदान गरेको केभ हेमराज घिमीरेले बताउनु भयो
उपहार ग्रहण गर्दै पुतला वि क ले म जस्तो दुखी लाई समुहले केहिदिनलाई छाक टार्नको लागी भएपनी खाद्य सामाग्री प्रदान गरेकोमा तपाईहरूले मलाई थप सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा समेत गरेकी छु भन्नुभयो।
समुहकी अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षता वडा सदस्य टोपलाल पराजुलिको प्रमुख आतित्थता सामुदायिक सहजकर्ता राजेन्द्र सुनार र केभ हेमराज घिमीरेको आतित्थता रहेको कार्यक्रमको संचालन समुककी सचिव यमुना ढकाल भण्डारीको संचालनमा सम्पन्न भएको थियो।