चैत्र १० , गुल्मी।
गुल्मीमा जुनियर तथा युबा रेडक्रस सर्कलको गठन
जनज्योती माध्यमिक बिद्यालय छत्रकोट २ पल्लिकोट गुल्मीमा जुनियर तथा युबा रेडक्रस सर्कलको गठन गरिएको छ । प्रध्यानाध्यापक जितबहादुर रजालिको सभापतित्व रहेको कार्यक्रममा शिक्षक कर्मचारी कक्षा १ देखि १० सम्मका बिद्यार्थीको उपस्थिती रहेको थियो । सरक्षक प्र अ जित बहादुर रजाली रहको जुनियर तथा युबा रेडक्रस सर्कलको अध्यक्ष सचिन भण्डारी, उपाध्यक्ष तुल्सा भण्डारी, सचिब जबुना सुवेदी उपचिब अनिल पचभैया रहनुभएको छ । यस्तै कोषाध्यक्ष यमुना कडेल, सहकोषाध्यक्ष मौसम रास्कोटी,सदसहरुमा गरिमा भण्डारी, बिज्ञान पौडेल,गरिमा राकस, टोपबहादुर राकसकोटि, प्रबिन ढकाल, शिक्षक नायक सिबलाल पाण्डेय, सह शिक्षक नायब प्रदिप पौडेल, रोसन भण्डारी रहनभएको छ । कार्यक्रममा नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै रेडक्रसको मुल मन्त्र म सेवा गर्छु अनुसार लाग्न आग्रह गरिएको शिक्षक रबिन्द्र कडेलले जानकारी दिनुभयो ।