अनिल खत्री
११ चैत –
गुल्मीमा भिडभाड, जुलुस, ¥यालीमा प्रशासनले रोक लगाएको छ । छिमेकी देश भारतमा कोरोना महामारीको संख्या बृद्धि र मृत्युदर बृद्धि भएपछि त्यसको सर्तकता स्वरुप भिडभाड, जुलुस, ¥याली गर्न नपाइने भएको हो ।
बुधवार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण बढन नदिन स्वास्थ्य मापदण्ड पालन गर्नको लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । बैठकले निकटमा रहेको फागु पूर्णिमा (होली) को अबसरमा परिवार भित्र मात्र मनाउने निर्णय गरेको छ ।
त्यस्तै माक्स सबैले अनिवार्य रुपमा लगाउने, सामाजिक दूरी, साबुन पानी वा सेनिटाइजरले हात धुने व्यवस्थालाई पालन गर्नु गराउनु हुन अनुरोध गरिएको छ । होटल, रेष्टुरेन्ट, मदिरा बिक्री बितरण उपभोग लगायतका व्यवसायहरु राती ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ ।
सवारी साधनमा सिट क्षमता भन्दा वढि यात्रु नराख्ने, अनिवार्य माक्स तथा सेनिटाइजरको व्यवस्था यातयात व्यवसायीहरुले मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । सरकारी गैरसरकारी निजी क्षेत्र, बिद्यालय÷ कलेजहरु, व्यवसायी, संघ, संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउने निर्णय भएको छ ।
निर्माण व्यवसायीहरुले विदेशबाट कामदार ल्याउदा अनिवार्य रुपमा एन्टीजेन टेष्ट गरी नेगेटिभ रिर्पोट आएकाहरुलाई मात्र निर्माण सम्बन्धि काममा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।