अजय खड्का
चैत्र १२, गुल्मी
गुल्मीको उपल्लो तम्घास माध्यमिक विद्यालयलाई नेपाल एसबिआई बैंकले फिल्टर हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त बैंकले बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुका लागि आर.ओ फिल्टर वाटर प्लान्ट हस्तान्तरण गरेको हो । फिल्टर हस्तान्तरण गर्दै नेपाल एसबिआई बैंक लुम्बिनि प्रदेशका प्रमुख डेकेन्द्र खड्काले उक्त विद्यालयका विद्यार्थीहरुलाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले फिल्टर हस्तान्तरण गरेको बताउनुभयो । खड्काले आगामी दिनहरुमा पनि यस्तै सहयोग गरिरहने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल एसबिआई बैंक गल्मीका प्रमुख आनन्द उपाध्यायले यस्ता कार्यक्रमहरु विभिन्न ठाउँमा आयोजना गरेको र अहिले उक्त विद्यालयका फरक क्षमता भएका विद्यार्थीहरुका लागि पनि सहयोग गर्न पाउँदा खुसि लागेको बताउनुभयो ।

सहयोग ग्रहण गर्दै उपल्लो तम्घास माध्यमिक विद्यालयकी प्रधानाध्यापक पिंकि भुसालले नेपाल एसबिआई बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।
प्रधानाध्यापक पिंकि भुसालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल एसबिआई बैंक गल्मीका कर्मचारी सुरज जिसि,उद्योग वाणिज्य संघ गुल्मीका महासचिव तारा भुसाल,पत्रकार अजय खड्का लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक बाबु्लाल मरासिनीले गर्नुभएका थियो ।