राधा पोख्रेल
चैत १२,तम्घास
गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौरको खर्बाङ्ग देखि सुरु भएको भीषण आगलागि जिर्ण घरहरुमा पनि पुगेको छ । बुधबार (हिजो) करिब अपरान्ह ४ बजे देखि लागेको आगोले मान्छे नबस्ने जिर्ण घरहरु जलेर नष्ट भएका छन ।
अन बहादुर शार्कीको १ तले फुसले छाएको मानिस नबस्ने जिर्ण घर , दिल बहादुर बि.क.को १ तले फुसले छाएको मानिस नबस्ने जिर्ण घर, बल बहादुर कामीको १ तले फुसले छाएको मानिस नबस्ने जिर्ण ,बेद बहादुर शार्कीको १ तले फुसले छाएको मानिस नबस्ने जिर्ण घर, देवाने दमाईको १ तले फुसले छाएको मानिस नबस्ने जिर्ण घर , केशरे भट्टराईको १ तले फुसले छाएको मानिस नबस्ने जिर्ण घर र पदमपाणी परिवारको १ तले फुसले छाएको गोठ जलेर नस्ट भएको प्रहरी चौकी मजुवाले जनाएको छ ।
मानबिय तथा पशु चौपायाको क्षती भने भएको छैन । प्रहरी सहायक.निरिक्षक कृष्ण गाहाको कमाण्डमा ५ जनाको नेपाली सेना, उप सेनानी रामु घिमिरेको कमाण्डमा १५ जनाको टोली खटि आगो निभाउने काम भईरहेको छ । अन्य बस्तीलाई जोखींम नभएको तर जंगलमा आगो लागी रहेकाले निभाउने प्रयास भइरहेको छ । उक्त स्थान चौकी बाट १३ कि.मी.पश्चिममा पर्छ ।