राधा पोख्रेल ,चैत १२
गुल्मीको छत्रकोट गाउपालीकामा बिहिबारदेखि तेस्रो राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगिता सुरु भएको छ ।
एक समारोहका बिच लुम्बिनी प्रदेशका साँसद तथा विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्धघाटन गर्नुभएको हो । प्रतियोगितामा १४ बिद्यालयको सहभागिता रहेको छ ।
उद्धघाटन समारोहमा छत्रकोट गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षता, लुम्बिनी प्रदेशका साँसद तथा विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठको प्रमुख आथित्यता, गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीको बिशिष्ट आथित्यता रहेको थियो ।
प्रशासकिय अधिकृत दामोदर भण्डारी, वडा नम्बर २ का वडाध्यक्ष रुक बहादुर राकस्कोटी,वडा नम्बर ३ का वडाध्यक्ष तेजकान्त अर्याल ,वडा नम्बर ४ का वडाध्यक्ष डिलाराम न्याउपानको आथित्यता रहेको थियो ।
कार्यपालीका सदस्यहरु रुनमाया सिंजाली, पुष्पा सार्की,दुर्गाप्रसाद सुनार,रमेश परियार, नेकपा एमालेका पार्टी प्रतिनिधि पिताम्बर अर्याल, नेपाली कांङ्गग्रेशका पार्टी प्रतिनिधि धातानन्द भुषाल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
उद्धघाटन सत्रमा बिद्यालयका प्रधानाध्यापकको तर्फबाट श्रृंगा जनता माबिका प्रअ बिकासचन्द्र खरेल,खेलकुद प्रवद्र्धन समितिका अध्यक्ष झक बहादुर मिदुन, वडाध्यक्षको तर्फबाट तेजकान्त अर्याल,सामाजिक बिकास समितिका संयोजक डिलाराम न्याउपाने,बिद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुको तर्फबाट राष्ट्रिय माबि दौघाका लोक बहादुर ज्ञवाली, नेपाली कांग्रेशको तर्फबाट धातानन्द भुषाल, नेकपा एमालेको तर्फबाट पिताम्बर अर्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको उद्धघाटन गर्दै लुम्बिनी प्रदेशका साँसद तथा विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले नयाँखेलमैदानमा खेल सुरु गरिएकोमा खुशि व्यक्त गर्दै प्रत्येक वडामा आवश्यकता अनुसारको खेलमैदानका लागि प्रदेश सरकारसग आफुले कुरा राख्ने बताउनुभएको थियो ।
यस्तै गाउपालीका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष मधुकृष्ण पन्तले रनिङ्गसिल्ड प्रतियोगिता भएकाले रनिङ्गकै रुपमा बिभिन्न ठाउमा प्रत्ृयेक वर्ष ठाउ परिवर्तन गरि प्रतियोगिता ग्िरएको र क्रमश आवश्यकता अनुसार खेल मैदानको पनि बिकास गर्दै लैजाने बताउनुभएको थियो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यको स्वागत मन्तव्यसगै सुरु भएको कार्यक्रमको सन्चालन सरस्वति माबिका प्रधानाध्यापक भुवन टण्डनले गर्नुभएको थियो ।