चुरामणि तिमिल्सिना ,रिडि – सस्कृत तथा साधारण माध्यमिक बिध्यालय रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीमा भ्रष्ट्राचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धि सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा कार्यक्रम गरिएको हो ।
आयोगको कार्यलय बुटवलका प्रमुख रमेश ढकालको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा न १ का वडा सदस्य फर्सुराम ज्ञवाली , वडा सचीव राम प्रसाद ज्ञवाली ,शिक्षक अभिभावक संघ का अध्यक्ष परमानन्द ज्ञवाली , बिध्यालयका प्रधानाध्यापक भोजराज गौतम , रुरु क्षेत्र शिक्षा साखाका प्राबिधिक तेज बहादुर कुमाल , लगायतको सहभागीता रहेको थियो।
कार्यक्रममा पत्रकार, बिद्यार्थी, शिक्षक, कर्मचारी, समितिका पधाधिकारिलाइ आयोगको काम कर्तव्य, अधिकारका बिषयमा जानकारि गराइएको थियो।
आयोग कार्यलय बुटवलका शाखा अधिकृत शुरेस भुषालले कार्यक्रम माथि प्रकाश पार्दै प्राय गरि बिध्यालय सामाजिक संघ सस्था , दिवा खाजा, कार्यक्रम सरुवागर्दा भवन निर्माणको अनियामित्ता प्रयोग साला निर्माण, जस्ता स्थानिय तहमा दिन् प्रति दिन जस्ता भ्रष्टचार नियन्त्रण गर्नको लागि आफ्नो कार्यलयले नियामित कार्यक्रम लाई अगाडी बढाइरहेको प्रष्ट पार्नुभयो ।
समापन सत्रमा कार्यक्रमका अध्यक्ष ढकालले बिद्यार्थी तथा अभिभावकले राख्नु भएको जिज्ञासाको जवाफ दिनुभएको थियो ।