राधा पोख्रेल ,चैत १२ – गुल्मीको धुर्कोट गाउँपालिकामा आर्युवेद गाउघर क्लिनिकको उद्धघाटन गरिएको छ ।
एक वडा एक आयुर्वेद स्वास्थ्यको माध्यमवाट प्रत्येक वडामा सेवा संचालन गर्ने उदेश्यले आयुर्वेद क्लिनिक संचालनमा ल्याएको धुर्कोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले जानकारी दिनुभयो । हरेक नागरिकलाई सेवाको पहुचमा पुर्याउनका लागी क्लिनिक सन्चालन गरिएको पनि उहाले बताउनुभयो ।
वडा नं १ का वडा अध्यक्ष कमल थापाको अध्यक्षता, गाउँपालिका अध्यक्ष भुपाल पाख्रेलको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्य कविता वि क, कमला घर्ती, वडा सदस्य चेतमान कुवर , देव वहादुर पाण्डे, आयुर्वेद गाउँघर क्लिनिक व्यवस्थापन समिति अध्यक्ष चिरन्जिवि पोख्रेल, नेकपा एमाले प्रतिनिधि डिल बहादुर खत्री, नेपालि काग्रेस प्रतिनिधि शेषकान्त पोख्रेल, माओवादि केन्द्र जिल्ला सदस्य महेन्द्र वि सी,आयुर्वेद कार्यालय पिपलधाराका वैद्य दिनेश्वर यादव, सुन्तला जोन जिल्ला अध्यक्ष चन्द्र वि क लगायतको आतिथ्यतामा वडा नम्बर १ नयाँगाउको देउरालीमा गाउघर क्लिनिकको उद्धघाटन गरिएको हो ।
क्लिनिक उद्घाटन कार्यक्रममा बोल्दै धुर्कोट गाउँपालिका अध्यक्ष पोख्रेलले शरिरलाई स्वस्थ राख्नको लागि आयुर्वेदको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको थियो ।धुर्कोट गाउँपालिका भित्र २ वटा आयुर्वेद सस्था रहेको र वडा नं ५ मा वाग्ला, जैसिथोक र रजस्थलमा क्लिनिकमार्फत सेवा संचालन गर्ने र पिपलधारा आयुर्वेद स्वास्थ केन्द्रले नयाँगाउ र हाडहाडेमा हेर्नेगरि हरेक महिनाको पहिलो हप्ताको बिहिवार नयागाउँ देउरालिवाट सेवा संन्चालन गर्ने बताउनुभयो । कार्यक्रमको सन्चालन नयाँगाउ स्वास्थ चौकि प्रमुख भेष बहादुर विसीले गर्नुभएको थियो ।