कृष्ण अन्जान,रुरुक्षेत्र
नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य कमल राज श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपि ओलिको टाउको हान्ने योजना बनाए पछि अहिलेको अवस्था सिर्जना भएको बताउनु भएको छ ।
लुम्बिनी प्रदेश साँसद समेत रहनु भएका श्रेष्ठले एमाले भित्रको अन्तरविरोधमा प्रचण्डले खेलेपछि पार्टी विभाजन भएको र यो विभाजनले सूर्य चिन्ह समेतको एमाले व्युँतिएपछि जनता कार्यकर्तामा नयाँ उत्साह र खुशियालि छाएको बताउनु भयो ।
रुरु ३ थानपतिको अगुवा पार्टी कार्यकर्ता भेलामा बोल्दै एमाले नेता श्रेष्ठले पुनर्गठन जागरण र सुदृढीकरण तर्फ पार्टी अगाडी बढेकाले अब अनुशासित पार्टी बनाउन सबैलाग्नु पर्ने बताउनु भयो ।
भेलामा बोल्दै नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिका इन्चार्ज समेत रहेको एमाले युवा नेता हिमाल श्रेष्ठले रुरुक्षेत्रमा विभाजन पछि एमाले पार्टी चलाएमान बनेको र गाउँ पालिका भित्र एक जना कार्यकर्ता पनि दायाँ बायाँ नभएको बताउनु भयो ।
नेकपा एमाले गुल्मी जिल्ला सचिवालय सदस्य समेत रहेका श्रेष्ठले सुस्ताएको पार्टीमा नया जीवन भरिएको बताउनु भयो ।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य चक्रपाणी गौतमले हामी हिज पनि एमाले थियौँ आज पनि छौँ र भोलि पनि रहने बताउनु हुँदै यो विभाजन पछि एमाले कार्यकर्ता र जनतामा खुशियाली छाएको बताउनु भयो ।
कार्यकर्ता भेलामा बोल्दै नेकपा एमाले जिल्ला कमिटि सदस्य शेष नारायण पौडेलले पार्टीको अन्यौल ग्रस्त अवस्थालाई निर्वाचन आयोगले फेरी एमालेको रुपमा ब्युँताइ दिएपछि अन्यौलता हटेको र नेकपा एमाले जीवन्त भएको धारणा राख्नु भयो ।
भेलाले नरहरि ज्ञवाली सँयोजक रहेको २७ सदस्यीय गाउँ अधिवेशन आयोजक कमिटी गठन गरेको छ । कमिटीको उप सँयोजकमा मेघराज ज्ञवाली र सचिवमा प्रेम प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । कार्यक्रम नरहरि ज्ञवालीका अध्यक्षता, मेघराज ज्ञवालीको स्वागत र प्रेम प्रसाद श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो ।