सुर्य सुनार ,तम्घास – मोवाइल एप्लिकेशन मार्फत तथ्याङ्क संकलन गरी स्थानीय खानेपानी, सरसफाई तथा स्वच्छता योजनाको जिल्ला स्तरीय कार्यशाला गोष्ठी तम्घासमा सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय बुटवलको आयोजनामा स्थानीय खानेपानी, सरसफाई तथा स्वच्छता योजनाको जिल्ला स्तरीय कार्यशाला गोष्ठी जिल्ला समन्वयको सभाहलमा सम्पन्न भएको हो । जिल्लाका स्थानीय तहमा गणक गई त्यहाँको खानेपानीको अवस्था बारे उनीहरुले बुझेर बास्तविक तथ्याङ्क लिने उदेश्य रहेको बताइएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गुल्मीका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा गरिएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले कुनै पनि योजना राम्रो बनाउन तथ्याङ्क सही आवश्यक पर्ने बताउनुभयो । जिल्लामा यस्ता अन्तक्रिया कार्यक्रम सदरमुकाममा मात्र नभई स्थानीय तह सम्म पुर्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो । जिल्लामा खानेपानीको बास्तविक तथ्याङ्क बुझन गणकको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो । गुल्मी जिल्लामा खानेपानीको समस्या रहेकाले यसको अत्य गर्ने गणकको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य राममल्ल ठकुरीले स्थानीय सरकारले खानेपानीको संरक्षण गर्नुपर्ने बताउनुभयो । वास कार्यक्रमले जिल्लाको खानेपानीको बारेमा बुझन सहज हुने उहाँको भनाई थियो । साथै खानेपानी सम्बन्धी विभिध पक्षमा जानकारी गराउनुभएको थियो ।
खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख अनोज उपाध्यायले जिल्लाको खानेपानीको अवस्था बारे कार्यक्रममा जानकारी गराउनुभएको थियो । ९४ प्रतिशतमा आधाभूत खानेपानीको कभरेज गुल्मीमा रहेको उहाँले बताउनुभयो । जुन पानीले मानिसको स्वास्थ्यमा कुनै समस्या नभएको उहाँको भनाई थियो । लुम्बिनी प्रदेश सरकारले १ घर १ धारा अवधारण लिइएको विषममा जानकारी गराइएको थियो ।
जिल्लामा खानेपानीको अवस्था बुझन तथा तथ्याङ्क संकलन गर्न १६ जना गणक खटाइएको छ । जिल्लामा रहेका खानेपानी जस्तै कुवाँ, तलाउ, किनार, मुहानको अवस्था बारे उनीहरुले तथ्याङ्क संकलन गर्ने छन् ।