,चैत्र १२ गुल्मी ।
जिल्ला प्रहरी कार्यालय तम्घास गुल्मीको मातहतमा पर्ने प्रहरी चौकी श्रृङ्गा गुल्मीको नवनिर्मित भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रविन्द्र बहादुर धानुकले नवनिर्मित भवनको शिलापत्र आवरण गरि उद्घाटन गर्नुभएको हो। प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाबाट गुरुयोजना तयार गरि सुविधा सम्पन्न कार्यालय तथा ब्यारेक भवन,भान्सा घर र सौचालयको नेपाल सरकारको नियमित बजेटबाट निर्माणकार्य सम्पन्न भएको हो।
सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा ब्यवस्था भएबमोजिम प्रकृयाहरु अपनाई खुल्ला बोलपत्रको प्रकृया मार्फत प्रतिस्पर्धा गराई रेसुङ्गा दर्शन कन्स्ट्रक्सन एवं सप्लायर्स प्राली गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मी बिच वि।स २०७५र१२र२९ गते मूल्य अभिवृद्धि कर सहित १ करोड २४ लाख २२ हजार ७ सय २८ रुपैयाँमा सम्पन्न गर्नेगरी निर्माण सम्झौता भएको थियो। ५ रोपनी ६ आना भन्दा बढी जग्गामा अवस्थित नवनिर्मित भवन केही हदसम्म अपांगमैत्री रहेको बताइएको छ,भवनको प्राविधिक रेखदेख लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएका प्राविधिक प्रहरी अधिकृतहरुद्वारा भएको थियो।
छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ सभाध्यक्ष्य रहनुभएको कार्यक्रममा छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी ,जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारी ,प्रदेश प्रहरी श्रीमति संघ लुम्बिनी प्रदेशका अध्यक्ष मिना हमाल धानुक र भवन निर्माणका लागि जग्गा प्रदान गर्नुहुने लक्ष्मी प्रसाद कंडेल साथै पित्रप्रसाद कंडेलको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय,संघ संस्था एवम कार्यालयका प्रमुख एवम् प्रतिनिधि ,राजनीतिक दल,जनप्रतिनिधि,स्थानीय समाजसेवी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन प्रहरी निरीक्षक सन्तोष चन्दले गर्नुभएको थियो।