चुरामणि तिमिल्सिना,चैत्र १२ गुल्मी ।
गुल्मीको सत्यवति गाउँपालिका वडा न १ अस्लेवा जनता माध्यमिक बिध्यालयमा इलाका प्रहरी कार्यालय,जोहाङ्,गुल्मीको संयोजनमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना मुलक कार्यक्रम प्रदान गरिएको हो। दाईजोप्रथा,वालविवाह,बोक्सीप्रथा,जातीय छुवाछुत तथा यौनजन्य अपराध विषयमा चेतनामूलक प्रशिक्षण प्रहरी नायव निरीक्षक लक्ष्मण बिकले गर्नु भएको थियो। यता यसै बिध्यालयका शिक्षक बिष्णु प्रसाद पाण्डेले प्रशिक्षण गरिएका विषय बस्तु सामाजिक विषय संग मिलेकाले भाइ बैनिहरुलाइ थप लेखाइमा हौसला तथा पृष्ठ पोषण प्रदान भएकोमा धन्यवाद दिनु भयो । समापन सत्रमा बिध्यालयका प्रधानाध्यापक युवराज पाण्डेले प्रहरी प्रसासन तथा कार्यलयलाइ धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै थप कार्यक्रमका साथ बिध्यालयमा ११ र १२ मा कक्षा सन्चालन गर्न आग्रह गर्नु भएको थियो ।