कृष्ण अन्जान
रिडि, चैत १३ – गुल्मीको रुरुक्षेत्र गाउपालीका वडा नम्बर १ को रिडीमा नेकपा एमालेको वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलामा बोल्दै नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य समेत रहनु भएका प्रदेश साँसद कमलराज श्रेष्ठले यतिवेला पार्टीमा पुनर्गठन, पुनर्जागरण र सुदृढीकरणको अभियान जारी रहेको बताउनुभएको छ । उहाले पार्टीको निष्कृयता अन्यौलग्रस्त अवस्थालाई सर्वाेच्चको फैसलाका कारण नेकपा एमाले पार्टीले नयाँ जीवन पाएको बताउनु भयो । पार्टी निति, विधि र पद्धतिमा चल्नुपर्छ तर पार्टी भित्र गुटगत स्वार्थ देखाउने हिजका सम्मानित नेताको व्यवहार लाजलाग्दो भएको उहाले धारणा राख्नुभयो ।
माओवादीको काम जहिले पनि महाविपत्ति निम्त्याउने र समाधान नखोज्ने काम गरेकाले त्यहि विपत्ति रोक्न प्रतिनिधिसभा विघटन गर्न प्रधानमन्त्री ओली वाध्य हुनु भएको र जनादेशमा जाने कुरा प्रतिगमन नभएको साँसद श्रेष्ठले बताउनु भयो । यस्तै अगुवा कार्यकर्ता भेलामा आफ्नो भनाइ राख्दै नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य समेत रहनुभएका नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले कम्युनिस्ट पार्टीका सबै साथिलाइ एमालेमा समाहित हुन आग्रह गर्नु भएको छ ।
यस्तै भेलामा आफ्नो विचार राख्दै नेकपा एमाले प्रदेश कमिटिका सदस्य हरि ज्ञवालीले कम्युनिस्ट पार्टीको नवौँ अधिवेशनले चुनेको अध्यक्षलाइ निष्काशन गर्ने झलनाथ र माधव नेपाल कसरी बिधीसम्वत र नियम सम्वत भए भन्दै प्रश्न गर्नु भयो ।
रुरुक्षेत्र गाउँपालिकाका नेकपा एमाले इन्चार्ज हिमाल श्रेष्ठले आफ्नो धारणा राख्दै सरकारले गरेका कामहरुलाई जनता सम्म पुर्याउन र प्रचार प्रसार गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
यस्तै नेकपा एमाले रुरुक्षेत्रका पार्टी अध्यक्ष चक्रपाणी गौतमले सुर्य चिन्ह लिएर जित्ने तर पार्टीले आयोजना गरेका कार्यक्रममा नआउने जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिने बताउनु भयो ।
नेकपा जिल्ला कमिटि सदस्य तथा रुरु ४ का वडाध्यक्ष फर्सुराम ज्ञवालीले नेकपा कार्यकर्ताको कारणले जुटेको होइन र कार्यकर्ताका कारण फुटेको नभएको बताउनुहुँदै नेताले गरेको कमजोरीका कारण यो अवस्था आएको तर्क राख्नु भयो ।
नेकपा एमाले रुरु १ का अध्यक्ष सुवर्णलाल कक्षपतिको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलाले नवराज विक सँयोजक, लक्ष्मी ज्ञवाली उपसँयोजक र चिरन्जिवि ज्ञवाली सचिव रहेको ५१ सदस्यीय वडा अधिवेशन आयोजक कमिटि गठन गरेको छ ।
लक्ष्मि ज्ञवालीले स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन चिरन्जिवि ज्ञवालीले गर्नु भएको थियो ।