गुल्मी,चैत १३
महेश बोहोरा – पछिल्लो समयमा चन्द्रकोट गाउँपालकिा वडा नम्बर ६ हरेवामा रहेको झरनामा पर्यटक आवागमन बढ्न थालेको छ ।
पहिले झरना मात्र भएको उक्त क्षेत्रमा प्रदेश सरकार र स्थानिय सरकारले केही भौतिक संरचनाहरु निमार्ण गरे पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको राम्रो गन्त्ब्य बन्न पुगेको हो । १ सय मिटर भन्दा अग्लो छहराबाट पानी खस्दा निकै सुन्दर दृश्य देख्न सकिन्छ ।
कोरोना कहरका कारण लामो समयसम्म पर्यटकिय क्षेत्र सुस्ताएका थिए । गुल्मी जिल्लामा भने कोरोनाको प्रकोभ केही कम भए पछिे पर्यटकिय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन । कुनै समय गुमनाम रहेको शान्तिपुरको अर्जेवा झरना पछिल्लो समयमा पर्यटकिय गन्तब्य बन्न पुगेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ हरेवामा रहेको अर्जेवा झरनामा पनि सौन्दर्याकरण गरिए पछि पर्यटकको संख्यामा बृद्धि हुन थालेको हो । बाह्ै महिना १ सय मिटर भन्दा माथिबाट झरनामा पानी आइरहने हुनाले पनि यहाँ पर्यटकहरु फोटो खिच्नका लागी आउने गर्दछन । स्थानिय सरकार नबन्दै खाली प्राकृतिक रुपमा पानी मात्र बग्ने गथ्यो । तर स्थानिय सरकार आए पछि पूर्वाधारका काम अघि बढे पछि भने पर्यटकको संख्या उल्लेखिनिय रुपमा बढेको छ । शान्तिपुर प्रवेशद्धारको रुपमा मुख्य सडकमा झरना पर्ने भएकाले पनि यहाँ पर्यटकको चहलपहल बढ्ने गरेको हो । यहाँ गुल्मी, बाग्लुङ्ग लगायतका ठाउँबाट आन्तरिक पर्यटक बढी आउने गर्दछन । यस झरनाको मनमोहक दृश्यालोकनका र सामाजिक सञ्लालमा फोटो भिििडयो बनाउन र पिक्निक स्पार्ट पनि भएकाले दैनिक जसो भिड लाग्ने गर्दछ । यहाँ आउने पर्यटकले अरुलाई पनि एक पटक आउनै पर्ने शुझाव दिन्छन ।
हरेवा झरनालाई ब्यवस्थित गर्नको अहिलेसम्म कुल ४९ लाखको लागतमा भौतिक संरचनाहरुको निमार्ण गरिएको छ । झरनाको सौन्दर्यलाई थप परिस्कृत गर्ने काम गाउँपालिकाले गरेको जनाएको छ । डिभिजन बन कार्यालय गुल्मी, चन्द्रकोट गाउँपालकिा र लुम्बिनी प्रदेश सरकारको पहलमा, गेट निमार्ण, शिवजीको मुर्ति स्थापना, प्रतिक्षालय भवन, तार जाली लगाउने कार्य भएको चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोकर्णप्रसाद शर्माले जानकारी दिनुभयो । यस्तै सोही ठाउँमा ग्याभिन तार जाली मेसेनरी बाल समेत उठाईएको छ । आगामी दिनमा पर्यटकको आवागमनलाई बृद्धि गर्न रक क्लाइम्बिङ्गको लागी काम गर्ने, पोखरी निमार्ण गर्ने र गुरुङ्ग समुदायको गुम्बालाई ब्यवस्थित गरी भित्तामा बिभिन्न आकृतिहरुको चित्र बनाउने योजना समेत गाउँपालिकाले अगाडि सारेको छ । झरनालाई ब्यवस्थित गर्न केही काम बाँकी भएकाले त्यसको काम पनि सम्पन्न गर्ने चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोर्ण खत्रीले बताउनुभयो ।
बाह्रै मासेको झरना संगै यो क्षेत्रमा पिक्निक स्पोर्ट र गुम्बा पनि भएकाले यो ठाँउ झरनामा रमाउने पर्यटकका लागि अब्बल गन्तव्य हो । गाउँपालिकाले निमार्ण गर्न लागेको रक क्लाइम्बिङ्ग यथासक्य छिटो निमार्ण गरी पर्यटकलाई आर्कर्षित गराउनु पर्छ । यसको दिर्यकालिन संरक्षणमा भने स्थानिय नागरिकले बिशेष चासो दिनुपर्ने देखिन्छ ।