चुरामणि तिमिल्सीना,
रिडि,चैत १४ – पुर्ब विद्यार्थी समुहको आयोजनामा अन्तर निम्न माध्यमिक बिद्यालय आधारभूत तह स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको छ।
गंगा माध्यमिक बिद्यालय रैनादेबि छहरा गाउपालीका वडा नम्बर २ तानसिंगल पाल्पामा शुक्रबार प्रतियोगिता सम्पन्न भएको हो । पुर्ब विद्यार्थी सयोजक सुबास पल्लिमगर को अध्यक्षतामा गरिएको कार्यक्रममा रैनादेबी छहरा गाउपालीका वडा नम्बर २ का वडाध्यक्ष जिबनाथ पोखरेलको प्रमुख आथित्यता , बिद्यालय ब्यवस्थापन समति अध्यक्ष मोहनिलाल पोखरेल ,प्रधानाध्यापक नारायण प्रसाद पोखरेल,वडा सचिब बिष्णु गौतमको बिशिष्ट आथित्यता रहेको थियो ।
अन्य अतिथीहरुमा भगवती माध्यमिक बिद्यालयका प्रधानाध्यापक राम प्रसाद पोखरेल ,जनजागृती आधारभुत बिद्यालयका शिक्षक जिबलाल भण्डारी ,चन्द्र गरम्जा लगायत रहनुभएको थियो ।
पुर्ब विद्यार्थी सुदिप राउतको स्वागत बाट सुरु भएको कार्यक्रममा ६ बिद्यालयको सहभागीता रहेको थियो ।जसमा प्रथम भगवती माबि सर्देवा,द्धितिय भगवती आधारभुत बिद्यालय दिग र तृतीय जनजागृती आधारभुत बिद्यालय पेलाबास भएका थिए । उक्त बिधालयलाई क्रमस ३०००,२००० र १००० सम्मान पत्र,शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
साथै सहभागी सम्पूर्ण विद्यार्थी लाई नगद ,सम्मान पत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।कार्यक्रममा सेवाक्षेत्र भित्रका बिधालयलाई जोड्दै कार्यक्रम गरि बिद्यार्थीको शैक्षिक गुणस्तरमा थप उत्साह थपेकोमा प्रमुख अतिथिले खुशी व्यक्त गर्नु भएको थियो ।
प्रधानाधयापक नारायण पोखरेलले यस्तै कार्यक्रमहरु आगामी बर्षहरुमा पनि गर्ने र स्कुलको साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।सो कार्यक्रममा पुर्बविद्यार्थी रमेश पोखरेल ,सुदिप राउत ,भुपेन्द्र श्रेष्ठ ,बालकृष्ण भण्डारी ,दोमनाथ पोखरेल ,सरिता पोखरेल,तिला पोखरेल,तुल बहादुर बुढा,नारायण रेगामी लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन कार्यक्रम सयोजक सुबास पोखरेलले गर्नुभएको थियो ।