धुर्कोट,गुल्मी
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल को आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मीद्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं २पिपलधारामा गठित हातेमालो महिला उद्यम समुहका सदस्य द्वारा आज टोल सरसफाई कार्य सम्पन्न गरेका छन्।
समुहलाई नमुना समुहको रुपमा चिनाउनका लागि सेहि समुहका २८जना सदस्यहरुले समुहकि अध्यक्ष हरिकला खड्काको संयोजकत्वमा पिपलधारा बजार देखि खड्कछत्र प्रावि सम्म मोटरबाटो आसपास र विद्यालय परिसर वरिपरीको क्षेत्रमा भएका प्लास्टिक सिसा रबर लगाएत सम्पुर्ण किसिमका फोहोर सामाग्री हरू जम्मा गरि जलाउने र खाडलमा राख्ने काम सम्पन्न गरेका समुहकी सचिव पार्वता खनाल महतले जानकारी दिनुभयो।
समुह सदस्य हरूले हामिले साच्चिकै आज सम्म हरेक कुराको ध्यान दिन नसक्दा टोल बस्ति सबै दुषित बनेको थियो। अहिले हामिले सुन्दर टोल बस्ति बनाउनको लागी प्रत्येक सदस्यको घरमा फोहोर संकलन गर्ने सामाग्री राखि फोहोरको उचित व्यवस्थापन गर्न थालेका छौ। जसको कारण समूह भन्दा बाहिरका दिदी बहिनिले पनि सरसफाईको काम गर्न थाल्नुभएको छ।
जसका कारण हाम्रो पिपलधारालाई फोहोर रहित वडा बनाउन लागि पर्ने प्रतिवद्धता का साथ अघि बढेको समुहकी सहसचिव बिमला नेपाली ले वताउनु भयो। सरसफाई कार्यक्रम पछि सुरू भएको कार्यक्रममा समुहकि अध्यक्ष हरिकला खड्का को अध्यक्षता समुहकि सहसचिव बिमला नेपालीको स्वागत मन्तव्य र समुहका सबै सदस्यको उपस्थिति रहेको कार्यक्रमको संचालन समुहकि सचिव पार्वता खनाल महतको संचालनमा सम्पन्न भएको थियो।