रिडि,चैत १४ – प्रदेश गौरबको आयोजना अन्तर्गत बृहत रुरुक्षेत्र बिकास योजनाको आज लुम्बिनी प्रदेशका पर्यटन मन्त्री लिला गिरि लगाएतको टिमले अनुगमन गरेको छ ।

अनुगमनमा पर्यटन मन्त्री लिला गिरी लगायत लुम्बिनी प्रदेशका बिशेषाधिकार समितिका संयोजक कमलराज श्रेष्ठ ,प्रदेश सभा सांसद दिनेश पन्थी ,गुल्मी जिल्ला समन्वय इकाई उपप्रमुख तुल्सा श्रेष्ठ ,रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम , बृहत रुरुक्षेत्र बिकास योजना समन्वयका संयोजक हिमाल श्रेष्ठ ,नेकपा एमाले रुरु १ का अध्यक्ष नवराज बिक ,नेपाली काङ्ग्रेस रुरु १ का सभापति रामचन्द्र भट्टराई लगाएत नेता कार्यकर्ता ,ठेकेदार कम्पनीका प्रमुख सहदेव खड्का तथा ब्यबस्थापक रोसन भण्डारी लगायतको सहभागिता रहको थियो ।

योजनाको अनुगमन गर्दै मन्त्री गिरिले योजनाको कामको प्रगती बिवरणको बारे योजनाका इन्जिनियर नवीन खरालसङ्ग जानकारी लिनु भएको छ । ठेकेदार सहदेव खड्काले निर्धारित समय अगावै योजनाको काम सक्ने बताउनुभएको छ ।

अनुगमन टोलिले बृहत रुरुक्षेत्र बिकास योजना ,निर्माणाधीन तीन मुखेपुल,ऋषिकेश मन्दिर ,कालीगण्डकी करिडोर लगायतका योजनाको अनुगमन गरेको छ । अनुगमनको क्रममा मन्त्रीले काम गुणस्तरीय गर्न र समयमै सक्न निर्देशन समेत दिनुभएको छ ।