रुरुक्षेत्र, कृष्ण अन्जान – होलि पर्वको अवसर पारेर रोटरि क्लव अफ तिलोत्तमाले रुरुक्षेत्र १ को थोर्गा च्युरेक आधारभुत प्राथमिक विध्यालयको भवनलाई रँगाएर विध्यालयलाई हस्तान्तरण गरेको छ ।
रोटरी क्लवको वार्षिक होलि मिलन कार्यक्रममा यो वर्ष रोटरी क्लव अफ तिलोत्तमाले रुरुक्षेत्रको यो विध्यालयलाई रोजेको हो ।
कार्यक्रममा बोल्दै, अवसरको खोजिमा शहर बस्नेहरुले गाउँलाई सम्झेर गाउँघरको विध्यालयलाइ गरेको सगयोग अतुलनिय भएको रुरुक्षेत्र गाउँपालिकाका सामाजिक विकास समितिका सभापति समेत रहनु भएका वडा न ३ का अध्यक्ष शेषनारायण पौडेलले बताउनु भयो ।
अध्यक्ष पौडेलले सडक सन्जालले शहर सँग गाउँको पहुँचलाइ सजिलै जोडेको बताउनु हुँदै गाउँको विकासमा शहर बस्ने हरुले चासो दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै रोटरि क्लव अफ तिलोत्तमका अध्यक्ष गोपाल ज्ञवालीले क्लवले हरेक वर्ष को वार्षिक कार्यक्रम अनुसारको सिग्नेचर प्रोजेक्ट यो वर्ष होलिमिलनको रुपमा थोर्गा च्यूरेक आधारभुत प्राथमिक विध्यालयमा रँगरोगन गरिएको बताउनु भयो ।नितान्त रोटरि क्लवका सदस्य हरुले रकम उठाएर यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष ज्ञवालीले बताउनु भयो ।
हरेक वर्ष विभिन्न ठाउँका विध्यालय हरुमा होलि मिलन कार्यक्रम अन्तरगत विध्यालय रँग रोगन गर्ने क्रममा आफ्नै गाउँको विध्यालयलाइ रँगाउन पाउँदा खुशि लागेको बताउनु भयो ।
रोटरि क्लव अफ तिलोत्तमा अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विध्यालय का प्रधानध्यापक रोमनाथ ज्ञवाली विध्यालय व्यवस्थापन समितिका सदस्य बसन्त क्षेत्रीले आफ्ना धारणा राख्नु भएको थियो ।रोटरियन निरज श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा रोटरि क्लब अफ तिलोत्तमाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।रोटरि क्लव अफ तिलोत्तमाले थोर्गा च्यूरेकको प्राथमिक विध्यालयको चारकोठे ब्लकमा रँगरोगन गरेको हो ।