गुल्मी ,चैत १७
एकिकृत नेकपा माओवादि केन्द्र कालिगण्डकी गाउँपालिका गुल्मीको बैठक सम्पन्न भएको छ ।्
मंगलबार गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारमा तेजेन्द्र सलामीको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । प्रदेश कमिटि सदस्य युवराज केसीको प्रमुख आतिथ्यता, कालिगण्डकि गाउँपालिका माओवादी केन्द्र सचिव, मोहनिलाल भटराईको संचालन रहेको थियो ।
बैठकले संगठनात्मक गतिविधिलाई तिब्रताका साथ अगाडि बढाउने निर्णय गरेको छ । सबै वडाहरुमा भेल गर्ने गाउँ कार्यपालिका संग समन्वय गरी विकास निर्माणका गतिविधिलाई अनुगमन गर्ने समेत निर्णय गरेको छ । यस्तै पछिल्लो राजनैतिक घटनाक्रम बारे समसामयिक छलफल गरी अगाडि बढ्ने निर्णय गरेको छ ।