गुल्मी,बैशाख १ – नयाँ वर्षका अवसरमा स्वर्गद्वारी जाँदै गरेको जिल्ला प्रशासन कार्यालय, गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुदा मृत्यु हुनेको संङख्या ५ पुगेको छ ।
प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, गुल्मीका यमलाल पन्थी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको ज्यान गएको हो ।
घाइते हुनेहरूमा रेसुङ्गा नगरपालिका ४ की २३ वर्षीया सुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, रेसुङ्गा नगरपालिका १ की गीता मुखिया, १२ वर्षीय अनिश बोहोरा रहेका छन् ।
यस्तै रेसुङ्गा नगरपालिका २ की २४ वर्षीया तारा भण्डारी, ६ वर्षीय आशिष भण्डारी, ३३ वर्षीय दिलबहादुर थापा, २७ वर्षीया कमला ज्ञवाली, १२ वर्षीय सार्थक ज्ञवाली, चार वर्षीया निकिता पौडेल र मल्लरानी गाउँपालिका ३ का ३० वर्षीय सन्दीप परियार घाइते भएका छन् ।
घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका–४ रुमालेमा लु १ ज १६५५ नम्बरको गाडी दुर्घटनामा परेको हो ।